माओवादी केन्द्रको दस्तावेजमा यी विषय समेट्‍दै छन् प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको पार्टी विचार र बहस केन्द्रित भएका कारण अरू पार्टीभन्दा भिन्न भएको बताएका छन् । उनले सिद्धान्त, आदर्श र अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति विकासको चरण अब जाने बाटो आदि विषयमा केन्द्रित भएर राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । उनले आफ्नो पार्टीले जहिले पनि विचार, राजनीति, सैद्धान्तिक निष्ठा र मुद्दाहरूलाई प्राथमिकता दिएको बताए ।

'हामीलाई लाग्छ नेकपा माओवादी केन्द्र अरूभन्दा भिन्न यस अर्थमा छ कि त्यो विचार केन्द्रित र बहस केन्द्रित छ । सिद्धान्त आदर्श र अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति हाम्रो विकासको चरण अब हामी जाने बाटो आदि विषयमा केन्द्रित भएर हामी यो सम्मेलन आयोजना गरेका छौँ' उनले भने ।

उनले अहिले आफू पार्टीको दस्तावेज लेखेनमा व्यस्त रहेको उल्लेख गरे । पार्टीको दस्तावेज लेखनमा विश्वको स्थिति, विज्ञान प्रविधिको विकासले  अर्थतन्त्र, उत्पादक शक्ति र उत्पादन सम्बन्धमा पारेको प्रभावबारे केन्द्रित भएको बताए ।

'नेपालकै समग्र एतिहासिक विकास सन्दर्भमा हामी कहाँ आइपुग्यौँ भन्ने र आजको विन्दु केहो भने कुराको खोजी । आजको हाम्रो आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक अवस्था कहाँ नेर छ  र अब हामीले जस्तोको संविधानले दिशानिर्देश त एउटा गर्यो समाजवाद उन्मुख राज्य भनेर हामी चाहिँ फेरि वैज्ञानिक समाजवादका पक्षधर हुनुको नाताले हामीले समाजको रणनीतिलाई कसरी कार्यान्वयन गर्नेभन्ने विषयमा अल्ल बेसी जोड छ' उनले भने, 'अहिलेको विश्व परिस्थि र विज्ञान प्रविधिको विकास र अहिलेको भूमण्डलीकृत पुँजीवाद (एकाधिकार पुँजीवाद) वित्तीय पुँजीवाद त्यसको स्वरूप के छ र हामीले समाजको आधार निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रित भएर मैले एउटा निष्कर्ष दिने कोसिस गरेको छु ।'





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १४:४०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया