साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर दुई हजार ५२० दशमलव २३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
बिहीबार चार अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ । बुधबार चार अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो । बिहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी रहेको छ । यस कम्पनीको ३६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ ।
बिहीबार कारोबारमा आएका सबै समूहको सूचकमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्सबाहेक सबै समूहको सूचक हरियाे देखिएका छन् । नेप्सेकाअनुसार बिहीबार शिखर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६८८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य पनि नौ दशमलव ३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव सात प्रतिशतले बढेर प्रतिकित्ता चार हजार ४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा गिरावट आएको छ । आज यसको सेयर मूल्य छ दशमलव ७४ प्रतिशत भन्दा बढीले घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।