शिक्षक र कर्मचारी दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी
फाइल तस्वीर

त्रिभुवन विश्वविद्यालयले शिक्षक र कर्मचारीलाई राजनीतिक दलका निर्वाचनमा उम्मेदवार नहुन सचेत गराएको छ । त्रिविको कर्मचारी प्रशासन महाशाखाले एक सूचना जारी गर्दै राजनीतिक दलको निर्वाचनमा उम्मेदवार नबन्न शिक्षक र कर्मचारीलाई सचेत गराएको हो । त्रिविले राजनीतिक दलको अधिवेशनमा भाग लिए कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

'विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी शिक्षक तथा कर्मचारीहरू प्रचलित कानुनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकोले त्यसरी निर्वाचनमा वा महाधिवेशनमा वा विधान अधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दल सम्बन्धी ऐनको विपरीत हुने भएकोले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुनु हुन सूचित गरिन्छ । अन्यथा त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुन आएमा त्रिवि नियमअनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ' सूचनामा भनिएको छ ।

कुनै दलमा आवद्ध हुनुपर्ने भएमा १५ दिनअघि नै विश्वविद्यालय सेवाबाट राजीनामा दिनुपर्ने पनि सूचनामा स्मरण गराइएको छ । दलको अधिवेशनमा प्रतिनिधि भएर आउने काम त्रिविकै नियम र राजनीतिक दलसम्बन्धी ऐनविपरीत रहेकाले उक्त कार्य नगर्न त्रिविले शिक्षक कर्मचारीलाई सचेत गराएको हो ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १६:११:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया