क्रिसमसको अवसरमा मकवानपुरको गाउँपालिकाले दियो बिदा

क्रिस्टियनहरुको चाड क्रिसमसको उपलक्ष्य भन्दै मकवानपुरको एक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसमको अवसरमा अघिल्लो दिन नै बिदा दिने निर्णय गरेको हो । २५ डिसेम्बरमा शनिबार परेकाले क्रिसमस मनाउन भन्दै शुक्रबारका लागि नै गाउँपालिकाले बिदा दिएको हो ।

पछिल्लो समय मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा क्रिश्चियन धर्म अँगाल्नेको संख्या निकै बढिरहेको छ । धर्म परिवर्तन गरेर क्रिश्चियन धेरै हुन थालेपछि यो गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १६:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया