प्रदेश २ कांग्रेस अधिवेशन : १३०० मत खस्यो, मतदान ७ बजेसम्म चल्ने

नेपाली कांग्रेसको प्रदेश २ कार्यसमिति चयन गर्न जारी मतदानमा हालसम्म १ हजार ३०० मत खसेको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहान करिब साढे ९ बजेदेखि जारी निर्वाचनमा अहिलेसम्म सो संख्यामा मतदान भएको हो । 

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्णप्रसाद यादव र विमलेन्द्र निधि–शेखर कोइराला पक्षबाट रामसरोज यादवबीच प्रतिस्पर्धा भइरहेको छ । 

मतदानमा १ हजार ९८० जना प्रतिनिधि सहभागी रहेका छन् । मतदान साँझ ७ बजेसम्म चल्ने निर्वाचन समितिका सदस्य अरुण यादवले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १७:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया