एसइई परीक्षा खारेज गर्ने सरकारको तयारी

शिक्षामन्त्री देवेन्द्र पौडेलले एसइई परीक्षा प्रणाली खारेज गर्ने विषयमा सरोकारवाला निकायहरुसँग छलफल भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कक्षा १२ सम्म विद्यालय तह घोषणा गरेकाले एसइई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिक जस्तो सरोकारवाला निकायसँग छलफल गरिरहेको उनले बताए । यो विषयमा मन्त्रालयले कसैको दबाबमा काम नगर्ने उनकाे भनाइ छ । 

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर शिक्षकको दरबन्दी अपुग रहेकाले खुला गर्ने तयारीमा रहेको बताए । शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।

माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पूरा गर्ने गरी विज्ञापन खुला गरिने उनले जानकारी दिए । मन्त्री पौडेलले ५ वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियमअनुसार बढुवा गर्ने तयारीमा रहेको पनि बताए । शिक्षक सेवा नियमावली मन्त्रिपरिषद्बाट पारित भइसकेको उनले बताए । 

सरकारले शिक्षक अस्पताल बनाउने योजना पनि अगाडि बढाएको जानकारी दिँदै उनले शिक्षा ऐन नबनेकाले सरकारले अगाडि बढाएका धेरै काम बाँकी रहेको बताए । ‘हरेक कुरा ऐनमा गएर अड्किने गरेको छ,’ उनले भने, ‘त्यसैले शिक्षा ऐन बनाउनको लागि पनि मन्त्रालयले अगाडि बढेको छ ।’

त्यस्तै, मन्त्री पौडेलले प्रारम्भिक बालशिक्षा पढाउने शिक्षकलाई ६ हजार तलबमा काम गर्नु लगाउनु अन्याय भएको बताए ।  उनले मन्त्रालय सरकारले श्रमिकलाई तोकेको तलब दिनुपर्ने पक्षमा रहेको बताए । मन्त्रालयले सरकारले तोकेको तलब दिने भनेर निर्णय गरेको, तर केही पालिकामा लागू नभएको उनले बताए । 





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १८:१०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया