प्राध्यापकलाई आक्रमण गर्ने आरआरका विद्यार्थी निष्कासित
फाइल तस्वीर

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसले बिए पहिलो वर्षको परीक्षा चलिरहेको बेला मंगलबार निरीक्षक प्राध्यापकमाथि आक्रमण गर्ने विद्यार्थी कुबेर जेठारालाई निष्कासन गरेको छ । 

उनीविरुद्ध कानुनी कारबाही पनि अघि बढाइएको क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवालीले बताए । उनका अनुसार जेठाराले प्राध्यापकमाथि आक्रमण गरेर क्याम्पसको शैक्षिक वातावरणमा खलल पुर्याएको भएर क्याम्पसले निष्कासन गरेको हो । 

बुधबार बिहान पत्रकारिता विषयको ३० पूर्णाङ्कको आन्तरिक परीक्षा सञ्चालन भइरहँदा जेठाराले निरीक्षक प्राध्यापक प्रकाश पुडासैनीलाई जगले प्रहार गरेका थिए ।

पुडासैनी घाइते छन् । उनको टाउकोमा चोट लागेको छ । उनी परीक्षासँग असम्बन्धित विद्यार्थी हुन् । प्रहरीले गरेको अनुसन्धानको क्रममा जेठारा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध रहेको खुलेको छ ।





  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १८:२०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया