नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिवसमेत हुन् ।
अध्यक्षका अर्का प्रत्याशी वर्षमान पुननिकट मुक्साहाङ मेन्याङबोलाई हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन्। नेम्वाङले १६९ मत पाउँदा मेन्याङ्बोले ६४ मत मात्रै पाए ।
उपाध्यक्षमा निर्वाचित देवान चाम्लिङले १२० र शिवकुमार डाँगीले ११३ र मणिकुमार साम्पाङले १११ मत पाएका छन् ।
त्यसैगरी, सचिवमा गणेश उप्रेती १४८ मतका साथ विजयी भए । सह–सचिवमा कुमारी राई ११४, ऋषिराम ढुंगाना ९५ र सागर किराँती ७३ मतसहित विजयी भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा रेवतराज पुरी ‘गगन’ विजयी भएका छन्। उनी ९३ मतसहित कोषध्यक्षमा विजयी भएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।