माओवादी केन्द्र राष्ट्रिय सम्मेलन : लमजुङबाट १३ प्रतिनिधि छनोट

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनका लागि लमजुङबाट १३ जना छनाेट भएका छन् । ११ पुसबाट काठमाडौंमा सुरु हुने माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्यसहित १३ जना प्रतिनिधिले सहभागिता जनाउने भएका हुन् ।

सदस्य संख्याको आधारमा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनाेट हुनेमा जिल्ला समन्वय कमिटी संयोजक एवं गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी, नेता बुद्धिराम गुरुङसहित सरोज शर्मा र सुनिल सुनार छन् ।

केन्द्रीय सल्लाहकार ऋषिराम पौडेल, चित्रबहादुर कार्की (सिवी) र हिमकुमारी सुनार पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनाेट भएका छन् भने जेष्ठ नागरिक कम्युनिष्ट मञ्चका पूर्णबहादुर गुरुङ र युवराज पराजुली पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनाेट भएका छन् ।

माओवादी केन्द्र लमजुङका अनुसार जिल्लामा पार्टी सदस्य संख्याको आधारमा चारजना छनाेट भएका हुन् भने पार्टीको प्रदेश कार्यालय बैठकले थप दुईजना छनाेट गरेको हो । 

सो बाहेक नेकपा माओवादी प्रदेश कार्यालय बैठकले जिल्लाका सतिमाया तामाङ र मोहमद जलालद्धिन मियालाई राष्ट्रिय सम्मेलन प्रतिनिधिको रूपमा छनाेट गरेको हो ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेका देवेन्द्र पराजुली र केन्द्रीय प्रतिनिधि पारसमणि पौडेल पनि राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि भएका छन् ।



माओवादी केन्द्रले वडा, टोल, पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । लमजुङमा पनि वडासहित जिल्लाका ८ वटा स्थानीय तहमध्ये सातवटामा नेतृत्व चयन भइसकेकाे छ । पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट लमजुङका १३ जना प्रदेश कमिटीमा चयन भएका छन् । 



  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ७:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया