माडीवासी रिझाउँदै प्रचण्ड

चितवन– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडी केन्द्रित देखिएको छ । उनी चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।  

सशस्त्र द्वन्द्वमा माडीको बाँदरमुढेमा भएको घटनाका कारण उनले निर्वाचनका वेला माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो । त्यसैले पनि स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमबापत निकासा भएको रकममा उनले माडी क्षेत्रलाई प्राथमिकतामा राखेका हुन् ।

सम्बन्धित क्षेत्रको निर्वाचित सांसद संयोजक हुने गरी चार करोड रुपैयाँ विकास बजेट जिल्ला समन्वय समितिमार्फत निकासा हुन्छ । 

जिल्ला समन्वय समितिले उपलब्ध गराएको कार्यक्रम तालिकाअनुसार माडी नगरपालिका क्षेत्रका लागि १ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकाका २० वटा वडाका लागि २ करोड २७ लाख बजेट विनियोजन भएको छ । 

माडीमा नौ वटा वडा छन् । माडीका पूरै नगरपालिकामा २१ हजार ६७३ मतदाता छन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । ती सबै वडामा एक लाख ५० हजार २७३ मतदाता छन्, जसमध्ये ६६ प्रतिशतजति क्षेत्र नं ३ मा पर्छन् । 

दाहालले माडीमा सडक, कल्भर्ट, पुल, पार्क, विद्यालय लगायतका पूर्वाधारमा बजेट विनियोजन गरेका छन् । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जनसंख्याको तुलनामा दाहालको उच्च प्राथमिकता माडी क्षेत्रमा परेको बताए । 





  • प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार १६:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया