२२ वर्ष जेल सजाय सुनाइएकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कले माफी पाउने

दक्षिण कोरियामा भ्रष्टाचार अभियोगमा २२ वर्ष जेल सजाय सुनाइएकी पूर्वराष्ट्रपति पार्क गिउन हायलाई सरकारले माफी दिने घोषणा गरेको छ । पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको अभियोगमा ६९ वर्षीया पार्कलाई सन् २०१८ मा त्यहाँको संसदले महाअभियोग लगाएको थियो । 

संसदले महाअभियोग लगाएपछि पदच्युत भएकी उनलाई अदालतकाे कठघरमा उभ्याइएकाे थियाे। महाअभियाेग लगाएर पदच्युत हुने उनी प्रजातान्त्रिक ढंगले निर्वाचित दक्षिण कोरियाकै पहिलो नेतृ हुन् । काँध तथा तल्लो कम्मरमा पीडा भएपछि यस वर्षमात्र उनी तीन पटक अस्पताल भर्ना भएकी छन् । 

राष्ट्रपति मुन जाय इनले नयाँ वर्षको अवसरमा माफी दिन तयार पारेको सूचीमा पूर्वराष्ट्रपति पार्कको नाम पनि रहेको त्यहाँको योनहाप समाचार संस्थाले जनाएको छ । उनको कमजोर स्वास्थ्य अवस्थाका कारण क्षमा दिने तयारी भएको समाचारमा जनाइएको छ । 

पार्कमाथि १८ आरोप लगाएको थियो । तीमध्ये १६ आरोपमा अदालतले पार्कलाई दोषी ठहर गरेको थियो । यसअघि राष्ट्रपति मुनले उनलाई पार्कलाई क्षमाको कुनै सम्भावना नभएको बताएका थिए । यस्तै, दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्री हान मायोङ सुकलाई पनि माफी दिइएको छ । 
 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार ९:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया