बंगलादेशको सुगन्धा नदीमा एक यात्रु वाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । यो घटना बंगलादेशको झालकोटी जिल्लामा भएको हो ।
उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ ।
‘एमवी अभियान’ नामको डुङ्गा बारगुना जानको लागि राती ढाकाबाट निस्केको थियो । झालकोटी जिल्लाको सुगन्धा नदीमा पुगेपछि विहान डुङ्गाको इन्जिनमा आगो लागेको थियो ।
आगलागी हुँदा जलेर घाइते भएकाहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।
डुङ्गामा कसरी आगो लाग्यो भन्ने बारे अहिलेसम्म केही बताइएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।