एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा शुक्रबार नेपालले महिलातर्फ माल्दिभ्सलाई ३-० को साझो सेटमा पराजित गरेको हो ।
नेपालले खेल २५-११, २५-९ र २५-५ ले आफ्नो पक्षमा पार्याे । यसअघि नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३-२ को रोमाञ्चक जित हात पारेको थियो ।
यो जितसँगै साविक विजेता नेपालले फाइन सम्भावनालाई बलियो बनाएको छ । महिलातर्फ ६ देशको सहभागिता रहेको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली पुरुष टोलीले पनि आजै उज्वेकिस्तानको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
पहिलो खेलमा आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित नेपाल आज जित निकाल्ने प्रयासमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।