तलब नदिएपछि अप्रेटरले गरे सेवा बन्द, २२० घरधुरी अन्धकारमा
फरकधार / ९ पुस, २०७८

विद्युतका अप्रेटरले एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै हुम्लाकाे छुइपुग जलविद्यु्त आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका-८ को खोल्सी र नाम्खा गाउँपालिका- ४ लामा खोल्सीमा रहेको छुइपुग जलविद्युत आयोजनाकाे सेवा बुधबारबाट बन्द गरिएको छ ।



विद्युत् आयोजनाका अप्रेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि पारिश्रमिक नपाएपछि बुधबारबाट सेवा बन्द गरेर विराेध जनाएका हुन् । गत वर्षको माघ महिनादेखि विद्युत सञ्चालन गर्दै आएको भए पनि आफूहरूले पाउने सेवासुविधा र पारिश्रमिक नपाएपछि विद्युत सेवा नै बन्द गर्न बाध्य भएको अप्रेटर ग्याल्जन लामाले बताए ।

अप्रेटर लामाले भने, 'आफू दुबै जनाले मासिक रूपमा पाउनुपर्ने दश-दश हजारका दरले हो । एकवर्ष भइसक्यो, प्रति व्यक्तिले एक लाख रुपैयाँभन्दा बढी पाउनुपर्ने हो । तर, कसैको ध्यान जान सकेको छैन । त्यसैले गत बुधबारबाट विद्युत सेवा बन्द गर्ने निर्णय गरेका हौं ।'

विद्युत बन्द गरिएपछि दुईवटा वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । खोल्सी गाउँका ९० घरधुरी, लामा खोल्सी र खगालगाउँ गाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अप्रेटरलाई तलब खुवाउने निर्णय थियो ।  



  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १२:३७:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया