नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्षले आफ्नो प्रतिवेदनको हाइलाइट्स सुनाएका हुन् ।
पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अर्को बैठक आजै दिउँसो ३ बजे बस्दैछ । राष्ट्रिय सम्मेलनको अन्तिम तयारी गरिरहेको माओवादी केन्द्रमा प्रचण्डको उक्त दस्तावेजमाथि छलफल भइरहेको छ ।
बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार आजको बैठकमा समाजवादका लागि बाटो तयार गर्नेगरी प्रचण्डले आफ्नो प्रतिवेदनको ब्रिफिङ गरेका थिए । साथै, उनले प्रचण्डपथको बारेमा बाहिर अनेक प्रचार भए पनि आजको बैठकमा भने छलफल अगाडि बढाइनेगरी मात्र कुरा भएको जानकारी दिए ।
‘बैठक डकुमेन्ट उहाँ(प्रचण्ड)ले पेस गर्नुभयो । राष्ट्रिय सम्मेलनमा पेस हुने डकुमेन्ट हो’ ती नेताले भने, ‘त्यसका मुलभूत विशेषता के के हुन भन्ने कोणबाट उहाँले राख्नुभएको छ । उहाँ आफैंले मात्र यी विशेषता हुन भनेका कराणले बाहिर ल्याउन मिल्दैन् ।’
ती नेताले अघि थपे, ‘प्रचण्डपथबारे अध्यक्षको कोणबाट अब जे कुरा अहिले उहाँले राख्नुभएको छ । हिजो जे उहाँको सहमति थियो त्यही नै छ । बाहिर अरु बहस उठेका छन् । डकुमेन्ट हात हातमा आएको छैन् । राष्ट्रिय सम्मेलनमा नै प्रस्तुत हुन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।