जनताको चाहना बुझेर मात्रै एमसीसी पारित गर्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वास्तविकता र जनताको चाहना बुझेर मात्रै एमसीसी पास गर्नु पर्ने बताएका छन् ।

सल्यानमा आयोजित पत्रकार भेटघाटमा अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ भए मात्र स्वीकार गर्ने बताएका हुन् ।
‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौँ र जनताको चाहना के छ त्यो बुझ्छौँ’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ हो भने हामी स्वीकार्छौँ ।'

उनले एमसीसी स्वार्थगत भए कदापि स्वीकार नगर्ने दाबी गरे । एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने उनको धारणा छ । एमसीसीका विषयमा अल्झाइरहनु नहुने भन्दै यसबारे अध्ययन आवश्यक रहेको बताए । 'नेपाल र नेपाली जनताको कति हितमा भन्ने कुराको अध्ययन गर्न आवश्यक छ' उनले भने ।

त्यस्तै, फरक प्रशंगमा नेता नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनलाई टुक्राउ खोजेको आरोप लगाए । 'केपी शर्मा ओलीले अहिले पनि विभिन्न दाउपेच खेली गठबन्धन टुटाउन खोजेका छन्,' उनले भने । 





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १४:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया