नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गाउँगाउँतिर पार्टी प्रवेशका नाममा शिला खोज्दै हिँडेको बताएका छन् । माओवादी केन्द्र र नेकपा (सम्पर्क केन्द्र) बीच एकता घोषणा कार्यक्रममा प्रचण्डले अध्यक्ष ओलीलाई अवसरवादीको संज्ञा दिँदै गाउँगाउँमा पार्टी प्रवेशका नाममा शिला खोज्दै हिँडेको बताएका हुन् ।
'अवसरवादीहरू अहिले गाउँगाउँमा केही मान्छेको शिला खोज्दै हिँड्ने गराका छन् । तपाईंहरूले देख्नु भएको होला पार्टी प्रवेशका नाममा भन्दै गाउँगाउँतिर शिला खोज्दै हिँडेका छन् । उनले सुनारको सय चोट लोहारको एकै चोट भनेजस्तो आज हामीले लोहारको चोट हान्यौँ'
उनले विदेशी प्रतिक्रियावादीका अगाडि आत्मसमर्पण गर्नेहरू षड्यन्त्र अब नचल्ने बताए । उनले एमाले अध्यक्ष ओलीको वर्तमान हालत आगोसँग खेल्न खोज्दा' भएको पनि बताए ।
उनले गत वर्ष पुस ५ बाट प्रतिगमन र प्रतिक्रान्तिको डरलाग्दो षड्यन्त्र अगाडि आएको बताए । उनले ठूलो षड्यन्त्र र सेटिङलाई जनताले भत्काएको बताए । यद्यपि अहिले 'रिल्याक्स' गर्ने अवस्थामा नरहेको उनको भनाइ छ । उनले नेपालमा कम्युनिस्ट आन्दोलनप्रति जनताको निकै ठूलो विश्वास र भरोस भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।