बागमती प्रदेशमा थप ६ जना सांसद मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले आजै मन्त्रीहरु थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
आज थपिनेमा तीन जना मन्त्री र तीन जना राज्यमन्त्री नेपाली कांग्रेसका हुने बताइएको छ ।
कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे बन्ने भएका हुन् ।
योसँगै बागमती प्रदेशमा १४ मन्त्री र ४ राज्यमन्त्री हुनेछन् । आज थपिने मन्त्रीहरुको सपथ आजै साँझ हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।