प्रकाशशरण महतले भने– आफ्नै टिमको असहयोग हुँदा महामन्त्रीमा हारेँ

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफ्नै टिमबाट असहयोग भएकाले आफूले महामन्त्री पदमा निर्वाचन हारेको बताएका छन् । 

१४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले शुक्रबार गौशालामा एक पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । 
उनले आफूले सोचेजस्तो नतिजा नआए पनि त्यसलाई स्वीकार गरेको पनि बताएका छन् ।

‘बाधा व्यवधानका बाबजुद जुन मत मैले पाएँ,’ उनले भने, ‘त्यो मलाई माया गर्नेहरुको मत हो । टिमको आधारमा मतदान भएको थियो तर मैले सहयोग पाइनँ । कमीकमजोरी मबाट पनि भयो होला, अरुलाई दोषारोपण गर्नुको मात्र पनि काम छैन ।’

उनले प्यानलबाट पनि मत नआएकाले आफूले पराजय भोगेको बताएका छन् ।

यसअघि देउवा समूहका विभिन्न नेताहरुले महामन्त्री पदका लागि मत नदिन अनुरोध गरेको समाचार समेत आइसकेको थियो । महामन्त्रीका आकांक्षी बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतले महामन्त्रीमा देउवा प्यानलका दुई उम्मेदवार प्रदीप पौडेल र प्रकाशशरण महतलाई सहयोग नगरेको बताइएको थियो ।

महतले चाहिँ आफूले पराजय भोगे पनि आफू थप सक्रिय भएर अगाडि बढ्ने बताएका छन् ।






  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १६:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया