प्रदेश १ मा ४६ प्रतिशतले लगाए दुवै डोज कोरोना खोप

प्रदेश १ मा ४६.६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका छन् ।

प्रदेशमा कोरोनाको पहिलो डोज खोप लगाउनेको संख्या भने ५२.१ प्रतिशत रहेको छ ।

पहिलो डोज खोप लगाएका मध्ये ६ प्रतिशत नागरिक अझै पनि दोस्रो डोजको पर्खाइमा छन्  ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार जिल्ला स्वास्थ्य सूचना प्रणालीमा हालसम्म ३२ लाख ३५ हजार २६९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

प्रदेश  १ मा १७ लाख ४५ हजार ६५४ जनाले पहिलो डोज र १४ लाख ८९ हजार ६१५ जनाले दुवै डोज लगाएका छन् ।

प्रदेश १ मा कोभिडशिल्डको ४ लाख ७३ हजार १ सय २७ जनाले दुवै डोज लगाएका छन् ।



यस्तै, ५ लाख ६६ हजार ७०२ जनाले पहिलो मात्रा लगाएका छन् । प्रदेशमा सबैभन्दा बढी भेरोसिलको खोप लगाइएको छ । ७ लखा ४८ हजार २ सय २९ जनाले भेरोसिलको दुवै मात्रा लगाएका छन् ।

यसैगरि ११ लाख ९ हजार ५ सय ५५ जनाले भेरोसिलको पहिलो मात्रा लगाएका छन् ।



प्रदेश १ मा जोनसनको २ लाख ४५ हजार ४ सय ६५ डोज खोप लगाइएको छ । यस्तै ५ हजार ३ सय २८ जनाले फाइजरको खोप लगाएका छन् ।

प्रदेश स्वास्थय निर्देशनालयका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेश १ मा खोप लगाउनेको संख्या ४९ लाख ९५ हजार १६२ रहेको अनुमान गरिएको छ । यसमा १८ वर्षभन्दा माथिको जनसंख्या ३५ लाख ७५ हजार ८६६ रहेको अनुमान गरिएको छ । 

प्रदेश १ मा दैनिक २० हजारको संख्यामा कोभिड १९ विरुद्धको खोप लगाइने गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

१४ वटै जिल्लामा १५ देखि २० हजार व्यक्तिलाई दैनिक खोप लगाउने गरिएको छ तर सिरिन्ज नआउँदा भेरोसेल खोप लगाउने कार्य अहिले स्थगित गरिएको छ । ०.५ एमएलको सिरिन्ज बजारमा पनि नपाउने हुँदा खोप लगाउन रोकिएको मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १६:४९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया