एक सातामा नेप्से १४३.४९ अंकले बढ्यो

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा नेप्से परिसूचक रोकिएको थियो । पछिल्लो एक सातामा चार दिन मात्रै नेप्से कारोबार भएको छ । 

आइतबार सरकारले सार्वजनिक बिदा दिएको कारण शेयर कारोबार पनि बन्द भएको थियो । तर, सातामा चार दिन कारोबारमा नेप्से परिसूचक तीन भारी अंकले वृद्धि हुँदा परिसूचकले २५ सय बिन्दु पार गरेको छ । चार दिन भएको कारोबारमा नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएर २ हजार ५२०.२३ विन्दुमा रोकिएको छ ।

पछिल्लो एक महिनादेखि नेपाली पूँजी बजारमा ठूलो उतारचढाव आइरहेको छ । अझ अघिल्लो साता निरन्तर रुपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३ सय अंक तल झन थालेको थियो । तर, गत सोमबार नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो ।  राष्ट्र बैंकको यस्तो व्यवस्थाले तरलता बढाउने अपेक्षा लगानीकर्ताको रहेकाले यो साता शेयर बजार उकालो लागेको देखिन्छ ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचकमा १७.९३ अंकले गिरावट आएको थियो । १७.९३ अंकले गिरावट आएर परिसूचक  २३५८.८१ विन्दुमा झरेको थियो । तर, मंगलबार भने नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ बिन्दुमा पुगेको थियो । मंगलबार भारी अंकले बढेको नेप्से बुधबार पनि निरन्तरता पाएको थियो  । 

मंगलबार  ५६.७३ अंकले बढेको नेप्से बुधबार एकै दिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७०  बिन्दुमा पुगेको थियो । नेप्से उकालो लाग्ने निरन्तरसँगै  साताको अन्तिम कारोबार बिहीबारको दिन पनि नेप्से परिसूचक १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ । यो साता सबै इन्डेक्स बढेका छन् ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ । गत साता १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका लगानीकर्ताले यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पत्ति बढेको छ । गत बिहीबार शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ३३ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । यो साता २ खर्ब २ अर्ब ६ करोड रुपैयाँ सम्पत्ति बढेर ३५ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ ।   





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १७:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया