प्रचण्डको ओलीलाई व्यंग्य– कसको के हालत हुन्छ, आगामि चुनावले देखाउँछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने निर्वाचनले कुन पार्टीको हालत के हुने भन्ने देखाउने बताएका छन् ।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले अहिले जसले धाक धम्की दिए पनि चुनावले वास्तविकता देखाउने बताएका छन् ।

यतिमात्र होइन, प्रचण्डले अहिले ओली गाउँ गाउँमा शिला खोज्न निस्किएको पनि बताएका छन् ।

यसअघि ओलीले पर्सामा माओवादी केन्द्रबाट अध्यक्ष जितेका जालिम मियाँलाई एमालेमा प्रवेश गराउँदै माओवादी अब जति खोजे पनि नपाइने बताएका थिए ।

प्रचण्डले ओलीलाई पनि प्रतिगामी शक्ति भनेका छन् ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १७:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया