प्रदेश १ का मन्त्रीको गुनासो : संघीय सरकारको हेपाइमा परियो

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले संघीय सरकारको हेपाहामा प्रदेश सरकार परेको बताएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विराटनगरमा गरेको मानवअधिकार वर्ष पुस्तकको समीक्षा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले माथिल्लो सरकारले तल्ला सरकारलाई हेप्ने गरेका कारण गति लिन नसकेको बताएका हुन् । 

उनले भएको कुरासमेत नदिने दिनै परे पनि ‘पखपख हेरहेर’ गरेर रोकेको आरोपसमेत लगाए । संघीय सरकारले अधिकार नदिँदा काम गर्न समस्या भएको उनको भनाइ छ । तल्ला तहका सरकारलाई अधिकार दिनबाट वञ्चित गर्ने खेलमा प्रदेश सरकार लागेको उनको आरोप रहेको छ । 

संघीय सरकारले धेरै कानुन नबनाउँदा प्रदेश सरकारले गति लिन नसकेको उनी बताउँछन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजय भोगेपछि मन्त्री कार्की देउवाप्रति खनिएका थिए । उनले केपी ओली नेतृत्व सरकारकै शैलीमा शेरबहादुर देउवा नेतृत्वको सरकार लागेको समेत बताए । 

मानव अधिकार उल्लघनका घट्नामा न्यूनीकरणका लागि राज्य मात्रै नभई जनतासमेत सचेत हुनुपर्ने उनको भनाइ रहेको छ ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार १८:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया