नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । दिउँसो ३ बजे बस्ने भनिएको बैठक केहीबेर ढिला सुरु भएको थियो ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार भोलि दिउँसो १ बजे पुनः स्थायी कमिटी बैठक बस्नेछ । आजको बैठकले राष्ट्रिय सम्मेलनेको प्रतिनिधि टुंग्याउने काम गरेको महराले जानकारी दिए ।
उनका अनुसार नियमति प्रक्रियाबाट १४८३ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । ‘राष्ट्रिय सम्मेलनमा प्रतिनिधि टुंग्याउने काम गरेका छौं । त्यसमध्ये नियमित प्रक्रियाबाट आउने १४८३ छ । आयोजकहरु सबै आउँछन् । ज्येष्ठ कम्युनिस्ट आउनेछ । पार्टी एकताकको प्रक्रियामा पनि आउने जोडर १४८३ हुन्छ ।’
त्यस्तै, प्रतिनिधिहरुको संख्याको १० प्रतिशत प्रतिनिधि संख्या वृद्धि गर्ने र सो को जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको उनले बताए । ‘यसको १० प्रतिशत वृद्धि गर्ने भनेका छौं । त्यसमा १४८ आउँछ । त्यो संख्या छान्ने जिम्मा अध्यक्षले लिनुभएको छ ।’
नियमति प्रक्रियाको १४८३ र प्रचण्डले छान्ने १४८ जना गरी जम्मा १६३१ जना प्रतिनिधि सहभागी हुनेछन् ।
साथै, उनले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भइरहेको बताए । उक्त प्रतिवेदन राष्ट्रिय सम्मेलनमा मात्रै प्रचण्डले सार्वजनिक गर्ने नेताहरुले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।