सामाजिक सुरक्षा योजनाकाे स्वागत, भड्किलो प्रचारको विरोध

काठमाडौं– ‘युग सुरु हुँदै छ उत्साहको, उत्सव मनाउँदै छ देसले सामाजिक सुरक्षाको’ भन्ने नाराका साथ आजबाट सरकारले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ ।

सरकारले सुरु गरेको यस योजनालाई धेरैले राम्रो कामको सुरुआतको रूपमा मानेका छन् । तर, सामाजिक सञ्जालमा अधिकांशले सबैजसो पत्रपत्रिकाको मुखपृष्ठमा प्रकाशित प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर र सडकमा राखिएका फ्लेक्सले ओलीको ‘नयाँ युग’लाई रमिता बनाएको औँल्याएका छन् । 

राजनीतिक दलका नेताहरूले पनि नयाँ युगको सुरुआत भएको भन्नुलाई ‘भ्रामक र उत्ताउलो’ प्रचारबाजीको रूपमा लिएका छन् । 

ट्विटरमा विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य लेख्छन्, ‘योगदानमा आधारित सामाजिक सुरक्षा सही नीति हो । तर, यसले गर्दा नयाँ युग नै सुरु भन्ने उत्ताउलो प्रचारबाजी देख्दा उदेक लाग्यो । सरकारले सामान्य रोजगारीका लागि घर–परिवार छाडेर बिदेसिनुपरेका नेपालीका लागि देशमै रोजगारी जोहो गरोस्, सबले नयाँ युगको अनुभूति गर्नेछन् ।’ 

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई ट्विट गर्छन्, ‘सरकारले निकै प्रचार गरेको सामाजिक सुरक्षा योजना एक सकारात्मक कदम हो । यसलाई सबैले प्रशंसा गर्नैपर्छ । तर, यो नयाँ युगको सुरुआतचाहिँ हैन । युग भनेको एकआयामिक हैन, बहुआयामिक गुणात्मक परिवर्तनको संघार हो ।’ 



सरकारको यो योजनामा अनौपचारिक क्षेत्रका कामदार तथा घरेलु महिला कामदार नसमेटिने भन्दै कतिपयले योजनाप्रति विरोध जनाए । 



पत्रपत्रिकामा ओलीको तस्बिरसहितको योजना प्रचार हेरेर कतिपयले ‘सामाजिक सुरक्षा कि सञ्चारमाध्यम सुरक्षा ?’ भन्ने टिप्पणीसमेत गरे । 

  • प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार १८:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया