‘एसिया प्यासिफिक समिट’का लागि चार दिन सवारीमा जोर–विजोर

काठमाडौं– बिहीबारदेखि आइतबारसम्म चार दिन काठमाडौंकाे सवारी सञ्चालनमा जोर–विजोर प्रणाली लागू हुँदै छ ।  

शुक्रबारदेखि सोमबारसम्म हुने ‘एसिया प्यासिफिक समिट’का लागि महानगरिय ट्राफिक प्रहरीले सवारी सञ्चालनमा पावन्दी लगाउन लागेको हो ।

समिटका क्रममा सवारी जाम नहोस् भनेर जोर–विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक सवारी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

उक्त कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु आउने भन्दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन जोर–विजोर प्रणाली लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको हो ।

महाशाखाका अनुसार मंसिर १३ गते बिहीबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७ र ९) भएका सवारीसाधन मात्रै चलाउन पाइनेछ भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंकका सवारीसाधन मात्रै चल्नेछन् ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोरविजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार १९:१७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया