कस्तो बन्दै छ माओवादी केन्द्रको पदाधिकारी संरचना ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव राखेका छन् । शुक्रबार साँझ पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव पद राख्ने प्रस्ताव गरेका हुन् 

अहिलेको अन्तरिम विधानमा यीसँगै उपमहासचिव पद पनि छ । तर, यसअघि तल्लो तहका कमिटीहरुमा पदाधिकारी संख्या बढाइएको छ । त्यसैले केन्द्रमा पनि पदाधिकारी संख्या थपिने सम्भावना बढेको छ । यसका लागि विधान संशोधन समिति बनेको छ ।

यसअघि केन्द्रमा पदाधिकारी संख्या ११ वा १३ गर्ने चर्चा चलेको थियो । तर, प्रचण्डले यसलाई बढाएर १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् ।

तर, यसमा कुन पदमा कति जना भन्ने अहिलेसम्म निश्चित भएको छैन । यसबारे शनिबार दिउँसो बस्ने स्थायी कमिटी बैठकमा निर्धारण हुनसक्ने अनुमान गरिएको छ ।

माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौंमा सुरु हुँदैछ । यो सम्मेलनले पार्टीको कार्यदिशाको टुंगो लगाउने छ र नयाँ नेतृत्व छान्ने छ ।





  • प्रकाशित मिति : पुस ९, २०७८ शुक्रबार २२:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया