जनप्रगतिशील मोर्चा कतारको अध्यक्षमा रविन पुन

नेपाली जनप्रगतिशील मोर्चा कतारको अध्यक्षमा रविन पुन निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मोर्चाको आठौँ महाधिवेशनबाट अध्यक्षमा पुन निर्विरोध निर्वाचित भएका हुन् ।

२५ सदस्यीय पुन नेतृत्वको उपाध्यक्षमा भवानी कडेल, महासचिवमा मनोज शाह, सचिवमा विष्णु ज्ञवाली र कोषाध्यक्षमा सन्तोष वर्देवा चयन भएका छन् ।

त्यस्तै, सदस्यमा कमल खड्का, कमल पुन, अनन्त घर्ती मगर, रमेश श्रेष्ठ, कामना श्रेष्ठ, गोपाल गिरी, सन्देश केसी, महेन्द्र परियार, कृष्ण थापा, सुबन्ता पौडेल, राजु विक, रोशन गिरी, सरिता डाँगी, नम्रता बुढाथोकी, दुर्गादेवी अधिकारीलगायतलाई चयन गरिएको छ ।

नवनिर्वाचित पदाधिकारीले शुक्रबार नै सपथग्रहण गरेका छन् । 

 





  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार ७:६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया