हुम्लामा बिहानैदेखि हिमपात, जनजीवन प्रभावित

हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । 

जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तीन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका–३ का सुनाम छिरिङ लामाले बताए ।

नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा समेत थप कठिनाइ भइरहेको लामाले बताए । हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा, नारा, न्यालुलगायतमा आवतजावतमा थप कठिनाइ भएको छ । एक गाउँबाट अर्को गाउँसम्मको आवतजावत रोकिएको छ । यस्तै, सदरमुकाममा चहलपहल न्यून छ ।

उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकाम भन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । यहाँको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

हिमपात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको छ । यस पटकको हिमपातले जेठासी बालीलाई राम्रो गर्ने जानकारी प्राप्त भएको छ ।



शुक्रबार साँझदेखि जिल्लाको मौसममा फेरबदल आएसँगै शनिबार बिहानबाट हिमपात भएको छ । 



  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार ९:३८:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया