नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निकटस्थ नेताहरूको भेला बोलाउने तयारी गरेका छन्। महाधिवेशनमा विजय र पराजय भएका नेताहरू भेलामा सहभागी हुनेछन् ।
महाधिवेशनकाे समीक्षा भेलामा हुने पदाधिकारीमा रहेका शेखर निकट एक नेताले फरकधारलाई बताए ।
‘निर्वाचनमा हारजित त भइहाल्छ । त्यसबारे समीक्षा गर्न भेला बोलाउने तयारी हुँदैछ । भेलामा जितेका र हारेका उम्मेदवार सहभागी हुने छन्’, ती नेताले भने ।
बिहीबार महाधिवेशनअन्तर्गत भएका मतदानको परिणाम सार्वजनिक हुँदासम्म निर्वाचित भएका १३४ जनामध्ये प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा प्यानलका ८१ प्रतिशत निर्वाचित भएका छन् ।
बाँकी कोइराला प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् । कम उम्मेदवारहरू निर्वाचित भएपछि कोइरालाले समीक्षा गर्न भेला बोलाउन लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।