\


इरानले इजरायललाई चेतावनी दिन प्रहार गर्‍यो १६ वटा मिसाइल
फरकधार / १० पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्वीर

इरानले शुक्रबार आफ्नो पाँचदिने सैन्य अभ्यासको अन्तिम दिन इजरायललाई चेतावनी दिन १६ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार इरानको सैन्य बलका प्रमुख मेजर जनरल मोहम्मद बगेरीले सरकारी टिभी च्यानललाई भनेका छन्, 'यो अभ्यास यहुदी शासकले उत्पन्न गरेको खतरालाई जवाफ दिनका लागि गरिएको हो ।'

उनका अनुसार चयन गरिएको लक्ष्यमा १६ मिसाइल प्रहार गरिएको थियो । यो अभ्यासमा सयौँ इरानी मिसाइल समावेश थिए । यी मिलाइले इरानमाथि आक्रमण गर्ने साहस गर्ने देशलाई ध्वस्त पार्न सक्ने उनको चेतावनी थियो ।

प्याम्बर-ए-अज्दम वा 'ग्रेट प्रोफेट' भनेर चिनिने सैन्य अभ्यास सोमबार बुशेहर, होर्मजगान र खुजेस्तान प्रान्तमा सुरु भएको थियो । यी सबै प्रदेश खाडीसँग जोडिएका छन् ।



इस्लामिक रिभोलुसनरी गार्ड कोरका प्रमुख मेजर जनरल हुसेन सलामीले भने- 'यो सैन्य अभ्यास यहुदी शासकका अधिकारीलाई गम्भीर चेतावनी हो ।'

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटसँग बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीचको भेट चलिरहँदा उक्त अभ्यास भएको हो । इजरायल पनि २०१५ को इरान आणविक सम्झौताको पुन: कार्यान्वयनको विरुद्धमा छ ।



बेनेटले इरानलाई 'आणविक ब्ल्याकमेल' गरेको आरोप लगाएका छन् । उनले प्रतिबन्ध खुकुलो पार्ने पैसा इरानले हतियार किन्न प्रयोग गर्ने पनि बताए । इजरायली नेताहरूले इरानमाथि आक्रमण गर्ने संकेत दिएका छन् ।

इरानले भने उसले नागरिक आणविक कार्यक्रम मात्र विकास गर्न चाहेको बताउँदै आएको छ । तर, पश्चिमी देशले उसले आफ्नो युरेनियम सम्वर्धनलाई आणविक हतियार बनाउन प्रयोग गर्न सक्ने बताउँछन् ।

  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १३:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया