नेपाली कांग्रेसका नेता शेखर कोइराला पार्टीको वरियतामा २० औं नम्बरमा परेका छन् । १४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका कोइरालाको वरियता २० औं नम्बरमा सभापति देउवाले तोकेका हुन् ।
यसअघि १३ औं महाधिवेशनपछि उनका वरियता ३५ औं नम्बरमा थियो ।
नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियताअनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि कोइराला राखिएका छन् ।
नयाँ वरियतामा पार्टी सभापति देउवापछि उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् । त्यसपछि पूर्वउपसभापतिहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शशांक कोइरालालगायतका नेताहरु रहेका छन् ।
यसअघिका महाधिवेशनमा पार्टीको वरियतामा सभापतिमा पराजित नेता दोस्रो नम्बरमा रहने गरेका थिए । १३ औं महाधिवेशनमा पराजित रामचन्द्र पौडेलको वरियता दोस्रो नम्बरमा थियो ।
त्यसअघि १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित हुँदा पनि देउवाको वरियता दोस्रो नम्बरमा राखिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।