शेखरले शशांक र सुजाताप्रति पोखे असन्तुष्टि
फरकधार / १० पुस, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाइ शशांक र बहिनी सुजाता कोइरालाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 



उनले कोइराला समाजको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै भनेका छन्, ‘निर्वाचनमा हार जित हुन्छ । हारबाट मानिसले सिक्नुपर्छ । र मैले पनि धेरै कुरा सिकैँ । एउटा कुरा त मैले के सिकेँ भने परिवारका अग्रजहरूले परिवार एक ठाउँमा उभिन्छ भने त्यो परिवारले चाहिँ भोलि राष्ट्रका निम्ति केही न केही गर्न सक्छ भन्ने उहाँहरूको भनाइ सत्य जस्तै लाग्यो मलाई ।’



नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उनलाई निवर्तमान महामन्त्रीसमेत रहेका डा. शशांक कोइराला र पूर्वकेन्द्रीय सदस्य सुजाता कोइरालाले असहयोग गरेका थिए ।



असहयोग हुनलाई उनले हारको एउटा कारण मान्दै आएका छन् । तर, पनि पार्टीमा पुस्तान्तरण र रूपान्तरणको एजेण्डा पनि सफल भएको उनको दाबी छ ।







  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १६:४:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया