पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘आगामी निर्वाचनसम्म संसद अवरोध गरिरहने’ अभिव्यक्तिप्रति नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले आपत्ति जनाएका छन् ।
शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत पौडेलले संसद अवरोध गर्ने सार्वजनिक अभिव्यक्ति असंवैधानिक र व्यवस्थाविरोधी रहेको बताएका छन् ।
संसदले संविधानको सर्वोच्चता स्विीकारेको र संसद कसैको सिकार बन्न नसक्ने भन्दै उनले आवेगमा आएर संसदका नियमित काम–कारबाही रोक्ने प्रयास असंवैधानिक भएको बताएका छन् ।
युवानेता पौडेलले पार्टीगत स्वार्थभन्दा माथि उठेर देश र संविधानको चिन्ता गर्न पनि ओलीलाई सुझाब दिएका छन् ।
संसद अवरोध'गर्ने सार्वजनिक अभिव्यक्ति असंवैधानिक र व्यवस्था विरोधी छ।संसदले संविधानको सर्वोच्चता स्वीईकारेको छ,संसद कसैको सिकार बन्न सक्दैन।आवेगमा आएर संसदका नियमीत काम कारवाही रोक्ने प्रयास असंवैधानिक हुन्।ओलिले पार्टीगत स्वार्थ भन्दामाथि उठेर देश र संबिधानको चिन्ता गर्नुपर्छ ।
— Pradip Paudel (@paudelpradipNC) December 25, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।