नवलपरासी सेवा समाज कतारको अध्यक्षमा कृष्ण पन्थी चयन

नवलपरासी सेवा समाज कतारको नयाँ अध्यक्षमा कृष्ण पन्थी चयन भएका छन् । उनलाई दोस्रो साधारणसभा तथा अधिवेशनले अध्यक्षमा चयन गरेको हो । त्यस्तै, समाजको प्रथम उपाध्यक्षमा अमित बराली, द्वितीय उपाध्यक्षमा सुरज कुँवर, महिला उपाध्यक्षमा सन्ध्या अर्याल र महासचिवमा दुर्गा हमाललाई सर्वसम्मतिबाट चयन गरिएको छ । 

त्यस्तै, सचिवमा बासुदेव पाण्डे, कोषाध्यक्षमा नरबहादुर थापा, सह-कोषाध्यक्षमा रामजी सुवेदी र केन्द्रीय सदस्यरूमा विष्णुबहादुर शाही, सद्दाम हुसेन, पुष्पा ज्ञवाली हमाल, रमेश पुरी र रमेश चापागाईँ चयन भएका छन् । 

समाजका निवर्तमान अध्यक्ष सजन लौडारीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका युवा संयोजक राज रेग्मी, समाज सेवा अभियान रूपन्देहीका अध्यक्ष विष्णु खड्का, लुम्बिनी प्रदेशका प्रथम उपाध्यक्ष ठाकुरकुमार परियार, अध्यक्ष बुद्ध पाण्डे, कार्ड्स अर्गनाइजेसन अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष दिपजङ्ग शाह र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका उपाध्यक्ष प्रेम चलाउनेलगायतले मन्तव्य राखेका थिए ।

दोहास्थित सल्वा रोडमा रहेको एक रेस्टुरेन्टमा भएको कार्यक्रममा समाजका अध्यक्ष लौडारीले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पास गरेको थियो । सांगठनिक तथा वार्षिक प्रगति प्रतिवेदनमा नवलपरासी सेवा समाज कतारले विभिन्न सामाजिक सहयोगका कार्य गर्दै आएको र नवलपरासीको तीनवटा माध्यमिक विद्यालयहरूमा र एउटा सामुदायिक अस्पतालमा एक/एक लाखको अक्षयकोष स्थापना गरेको समेत जानकारी गराइएको थियो।

कार्यक्रमको उद्घाटनपछि बन्दसत्रमा महासचिव तथा विधान संशोधन समितिका संयोजक दुर्गा हमालले प्रस्तुत गरेको विधान २०७५ को प्रथम संशोधन २०७८ को प्रतिवेदन र सहकोषाध्यक्ष नरबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि पारित भएको छ ।  
 





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार ८:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया