नेकपा अध्यक्ष प्रचण्ड भन्छन्– बैठक बस्न नसकेकाे हुँदा निकै दिग्दार छु

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नियमित बैठक नबस्ने गुनासो लिएर भेट्न पुगेका नेताहरूसँग आफैंले गुनासो गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टीको सचिवालय बैठक बस्न नसकेको भन्दै आफूलाई नै दिग्दार लागेको गुनासो गरेका छन् । 

केन्द्रीय समितिको माग गर्दै मंगलबार आठबुँदे ज्ञापनपत्र बुझाउन पुगेका केन्द्रीय सदस्यहरूसँग प्रचण्डले बैठक बस्न नसकेको भन्दै आफूलाई नै दिग्दार लागेको भन्दै नेताहरूसँग असन्तुष्टि पोखेका थिए । 

प्रचण्डलाई भेट्न पुगेका एक नेताले प्रचण्डलाई उद्धृत गर्दै भने, ‘तपाईंहरूका माग र गुनासा जायज छन् । अबको बैठकका एजेन्डा यिनै हुन् । प्रधानमन्त्रीको व्यस्तताले पनि होला, बैठक नै बस्न सकिरहेको छैन ।’ 

सोमबार केन्द्रीय सचिवालय बैठक बसेर केन्द्रीय सदस्यहरूको कार्यविभाजन तथा प्रदेश कमिटीहरूको टुंगो लगाउने भनिएको थियो । तर, बैठक बस्न नसकेपछि केन्द्रीय सदस्यहरु आठबुँदे मागसहित प्रचण्डलाई भेट्न पुगेका थिए । 

नेकपाको सचिवालय बैठक आज ४ बजेका लागि बोलाइएको थियो तर प्रधानमन्त्रीको व्यस्तताका कारण देखाउँदै आजको बैठक पनि स्थगित भएको जनाइएको छ ।
 





  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार ११:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया