तालिबानले गर्याे निर्वाचन आयोग विघटन

तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले सरकार विघटन गरेको हो । 

‘कमिसन अस्तित्व र सञ्चालन आवश्यक छैन्,’ स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै आयोगका प्रवक्ता विलाल कारिमीले भने, ‘आवश्यक परेको खन्डमा इस्लामिक इमिरेटले यस्ता आयोगहरूलाई ब्यूँताउन आवश्यक छ । ’

१५ अगस्टमा तालिबानले अफगानिस्तानकाे सत्ता हातमा लिएकाे थियाे । तालिबानको सत्तारोहणसँगै महिलाहरूका विभिन्न हक अधिकार कटौती भएका छन् । तालिबानले हतारमा आयोग विघटन गरेको एक पूर्वआयुक्तले बताएका छन् ।

देशमा स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्ने उद्देश्यले सन् २००६ मा आयोग स्थापना भएको थियो ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार ११:४४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया