उपत्यकामा भाेलिदेखि चार दिन जोरबिजोर प्रणाली

काठमाडौं– शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक समिटका क्रममा भोलिदखि आइतबारसम्म यातायाताका साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाहाखाका अनुसार मंसिर १३ गते (बिहीबार) देखि १६ गते (आइतबार) सम्म जोरबिजोर प्रणाली लागू हुनेछ । महाशाखाका अनुसार बिहीबार र शनिबार उपत्यकामा बिजोर नम्बर प्लेटका यातायाता साधन मात्र चल्न पाउनेछन् । त्यसैगरी, शुक्रबार र आइतबार जोर नम्बरका साधन सडकमा गुड्न पाउनेछन् । 

महानगरीय ट्राफिक महाशाखाका अनुसार अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू हुनेछैन । 

  
 





  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार १२:२०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया