सिपी गजुरेलले गरे माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव
फरकधार / ११ पुस, २०७८

नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । 



माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेन्डा स्थापित गराउनेदेखि एमसिसी खारेज गर्ने निर्णय गर्न माग गरेका छन् । 

‘माओवादी जनक्रान्तिले तय गरेका एजेन्डा कार्यान्वयन गर्ने, राष्ट्रघाती एमसिसी खारेज गर्ने निर्णय गर्नुहोस्,’ उनले भने, ‘यी निर्णय भयो भने माओवादी एकताका लागि छलफल गर्ने बाटो खुल्नेछ ।’



अन्तमा माओवादीको महाधिवेशन सफलताको शुभकामना दिँदै उनले पार्टी एकतामा जोड दिए । 



  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १६:३७:४०,   अन्तिम अपडेट : पुस ११, २०७८ आइतबार १६:३९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया