लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालभित्र आन्तरिक विवाद बढ्दै गएको छ । जिल्ला अध्यक्ष तथा प्रदेश पदाधिकारी नियुक्तिमा पार्टी अध्यक्ष महन्थ ठाकुरले एकलौटी गर्दै आसेपासेलाई ग्राह्यता दिएको आरोप लगाउँदै पार्टीकै नेता कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
अध्यक्ष ठाकुरको एकल निर्णय सच्याउनुपर्ने माग गर्दै काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय घेराउ गर्दै उनीहरुले धर्ना दिएका छन् ।
लोसपा नेतृ विन्दु ठाकुरले भनिन्, ‘हामीले आइतबार पार्टीको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष ठाकुरसँग भेटघाट गर्न समय मागेका थियौं । तर, अध्यक्ष ठाकुरले हामीसँग भेट गर्न नमानेपछि पार्टी कार्यालय घेराउ गर्दै धर्ना दिएका छौँ ।’
पार्टीको विधानमा अध्यक्षलाई विनाछलफल कसैलाई मनोमानी नियुक्ति गर्ने अधिकार नै नभएकोले सो नियुक्ति रद्द नगरेसम्म पार्टी कार्यालय घेराउदेखि लिएर तालाबन्दीसम्म जारी राख्ने नेता धीरेन्द्रप्रसाद सिंहले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।