क्यान इन्फोटेक १८ माघदेखि भृकुटीमण्डपमा

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको छ ।

महासंघले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको भृकुटीमण्डपमा माघ १८ देखि २३ गतेसम्म क्यान इन्फोटेक–२०२२ आयोजना गर्ने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघका अध्यक्ष नवराज कुवरले गत वर्षको कोरोना महामारीको कारण इन्फोटेक गर्न नपाएको बताए । उनले गत वर्षको निरन्तरतास्वरूप इन्फोटेक–२०२२ लाई विशेष बनाउन खोजेको बताए ।

अध्यक्ष कुवरले यो वर्ष इन्फोटेक–२०२२ मा अन्य विभिन्न क्षेत्रलाई समेत समेटिएकाले इन्फोटेकको २७ औँ संस्करण अवलोकन गर्न आउनेलाई हेर्न लायक बनाउने बताए । उनले इन्फोटेकमा होटल महासंघसँगको सहकार्यमा फुटका स्टलहरू पनि राखिने बताए ।

अध्यक्ष कुवरले कोरोना महामारीले सूचना प्रविधि के हो र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा सिकाएकाले इन्फोटेक–२०२२ अझ महत्वपूर्ण हुने अपेक्षा रहेको बताए । उनले महासंघले सूचना प्रविधिको प्रवर्द्धनसमेत गर्ने भएकाले इन्फोटेक–२०२२ मा प्रवेश शुल्क १ रुपैँया राखिएको बताए ।

इन्फोटेकको २७ औं संस्करण माघ १८ गतेबाट सुरु भएर २३ गते ६ दिनसम्म चल्ने छ । इन्फोटेक प्रदर्शनीको लागि पुस १३ गतेदेखि बुकिङ खुल्ला हुने भएको छ । क्यान इन्फोटेकको २०२२ मा ३ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार १९:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया