म्यानमारको सेनाले ३५ भन्दा बढी सर्वसाधारणको हत्या गरेको सेभ द चिल्ड्रेनको दाबी

म्यानमारको सेनाले ३५ जनाभन्दा बढी सर्वसाधारणको हत्या गरेको प्रतिवेदन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । 

म्यानमारको काया राज्यमा शुक्रबार घटेको यस घटनामा कम्तीमा ३८ जनाको शव फेला परेको सो संस्थाको दाबी छ । बेलायतको राजधानी लन्डनमा केन्द्रीय कार्यालय रहेको सेभ द चिल्ड्रेनले बालबालिकाका लागि काम गर्दै आएको छ । 

काया प्रदेशमा सेनाले गाडीबाट निकालेर मानिसको शव जलाएको र पक्राउ गरी हत्या गरेको सेभ द चिल्ड्रेनले विज्ञप्तिमार्फत जनाएको हो । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेको सो संस्थाको दाबी छ ।

म्यानमारमा सेभ द चिल्ड्रेनका दुई कर्मचारी विगत दुई दिनदेखि बेपत्ता भएका छन् । दुवै कर्मचारी मानवीय सेवा सकेर बिदा काटेर घरतर्फ जाँदै गर्दा बेपत्ता भएको जनाइएको छ । 

दुवैजना सेनाको कारबाहीमा पक्राउ परेको र त्यसयता बेपत्ता रहेको सेभ द चिल्ड्रेनले जनाएको छ। सेभ द चिल्ड्रेनले आफ्नो निजी गाडीमा आक्रमण र आगजनी गरेको दाबीसमेत गरेको छ ।





  • प्रकाशित मिति : पुस ११, २०७८ आइतबार २०:४३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया