प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गरिने

काठमाडौं– राष्ट्रिय जनमोर्चानिकट अनेरास्ववियु (छैटौँ)ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका घटनाले पछाडि परेकाले अभियान सञ्चालन गर्न लागिएको छैटौँका अध्यक्ष विमल पोखरेलले जानकारी दिए । 

उनका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यही मंसिर १५ देखि पुस १५ सम्म अभियान सञ्चालन हुनेछ । प्रदेशका सबै जिल्लामा छोरीलाई पढाउन र दाइजो प्रथा हटाउन जनचेतनामूलक ‘सडक नाटक’ प्रदर्शन गर्ने र अन्तर्क्रिया कार्यक्रम गरिने उनले जानकारी गराए । 

अखिलले अभियानमा सहभागी हुन, सहयोग गर्न सम्बन्धित प्रदेशका सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र आमजनसमुदायमा अनुरोधसमेत गरेको छ । 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार १३:५८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया