ओमिक्रोन त्रास : नयाँ दिल्लीमा फेरि रात्रिकालीन कर्फ्यू

कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि राज्य सरकारले सोमबारबाट कर्फ्यू लगाउने भएको हो । 

राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरूमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । 

नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो । 

नयाँ दिल्लीबाहेक अन्य शहरहरूमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन् । अंग्रेजी नयाँ वर्षमा होटल, रेष्टुराँ, सांगीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरूमा मानिसको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ ।  





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ७:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया