logo-img

‘पुष्पा’ बाट किन हटाइयो अल्लूको न्यूड दृश्य?

दक्षिण भारतीय स्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्सअफिसमा कमाई गरिरहेको छ ।

निर्देशक सुकुमारको निर्देशनमा बनेको यो फिल्म दक्षिण भारतका मात्र नभई हिन्दी भाषाका दर्शकले पनि उत्तिकै मनपराइरहेका छन् । फिल्ममा अल्लूको अभिनयलाई सबैले तारिफ गरेका छन् । हालै मात्र निर्देशक सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यका बारेमा मिडियासँग कुराकानी गरेका थिए ।

सुकुमारले फिल्मको क्लाइमेक्स दृश्यमा अल्लू र फहाद फासिललाई देखाउन चाहन्थे । तर दर्शकको भावनालाई ध्यानमा राख्दै उनले क्लाइमेक्स दृश्यमा ट्वीस्ट ल्याइदिए । जबकी यसको वास्तविक सट फरक थियो ।

‘अल्लू र फहाद क्लाइमेक्स दृश्यका लागि न्यूड हुन्छन् । तर, हामीले यो कारणले दृश्य हटायौं कि तेलुगू दर्शकका लागि न्यूड दृश्य केही बढी नै हुन्छ । यसको बद्लावको बाबजुद फिल्ममा कैयौं यस्ता दृश्य छन् जुन दृश्य दर्शकलाई वास्तविक लाग्छ’, उनले भनेका छन् ।

सुकुमारले रश्मिका र अल्लूलाई लिएर अर्को एक दृश्य खिचेका थिए । जसमा दर्शकको निकै खराब प्रतिक्रिया आयो ।  फिल्म रिलिज भएपछि यो दृश्यलाई हटाउन निकै माग गरिएको थियो । 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १०:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया