सुनको मूल्यमा सामान्य वृद्धि

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा सोमबार १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

सोमबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ४७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । 

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ११:१५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया