सोमबार नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले १३ पुसमा बुक क्लोज गर्दैछ ।
यसर्थ, सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले बैंकको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले लाभांश पारित गर्न २८ पुसमा १५ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
सभामा कम्पनीले साधारणसभाबाट गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित सात प्रतिशत बोनस सेयर र शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश पारित हुनेछ । प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पारित हुनेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।