स्पाइडरम्यान : नो वे होम बन्यो महामारीमा १ बिलियन डलर कमाउने पहिलो फिल्म

स्पाइडरम्यान फ्रेन्चाइजको नयाँ फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ ले वैश्विक बक्स अफिसमा एक बिलियनभन्दा धेरै कमाइ गरेको छ । 

यस कमाइसँगै फिल्म महामारीको समयमा धेरै कमाइ गर्ने फिल्म बनेको छ । यति मात्र नभई याे २०२१ को सबैभन्दा ठूलो फिल्म पनि बन्यो ।

यसभन्दा पहिला सन् २०१९ मा रिलिज भएको चलचित्र स्टार वार्स : द राइज अफ स्काइवाकरले एक बिलियनभन्दा धेरै कमाइ गरेको थियो ।

दुई वर्ष पहिले महामारी सुरु भएपछि कुनै पनि हलिउड फिल्मले स्टार वार्सको बक्स अफिस नजिक पनि पुगेका थिएनन् ।

स्पाइडरम्यानले वैश्विकरूपमा टिकटबाट १.१३२ बिलियन डलरको कमाइ गरेको हो ।
 





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ११:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया