सप्तरीमा एक महिलाको घाँटी रेटेर हत्या
सांकेतिक तस्बिर

सप्तरीकाे छिन्नमस्ता गाउँपालिका-१ बरहीकी एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय ५० वर्षीया भुटानीदेवी यादवकाे सोमबार बिहान घाँटी रेटी हत्या गरिएकाे हो । 

बिहान घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले बताए । उनकाे कसले के कारणले हत्या गरेको भन्ने रहस्य खुल्न सकेको छैन ।

तीन साताअगाडि मात्रै छिन्नमस्ता-६ को एक वृद्धको घाँटी रेटेर हत्या गरिएको थियोे । उनको अपराधी पत्ता लाग्न नपाउँदै पुनः सोही प्रकृतिको अर्को घटना दोहोरिएको स्थानीय कृष्णा मण्डलले बताए।

सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले विज्ञ टोली बोलाएर घटनाको अनुसन्धान भइरहेको बताए । यसअघि हत्या गरिएको वृद्धको घटना पनि अनुसन्धान क्रममा रहेको काफ्ले बताए।





  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार १२:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया