इंग्ल्याण्डसँगको एसेज सिरिज अस्ट्रेलियाले दुई खेल अगावै जित्यो
तस्बिर : क्रिकइन्फो

इंग्ल्याण्डविरुद्धको एसेज सिरिज घरेलु टोली अस्ट्रेलियाले दुई खेल अगावै जितेको छ । तेस्रो टेस्टमा इंग्ल्याण्डलाई एक पारी र १४ रनले हराउँदै अस्ट्रेलियाले पाँच खेलको सिरिज दुई म्याच अगावै ३–० ले जितेको हो । 

तेस्रो टेस्टको दोस्रो पारीमा पाहुना टोली इंग्ल्याण्ड ६८ रनमै समेटियो । उसका लागि कप्तान जो रूटले सर्वाधिक २८ र बेन स्टोक्सले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा बनाउन सकेनन् ।​

इंग्ल्याण्डलाई सस्तैमा अलआउट गर्न यही खेलमा डेब्यु गरेका स्कट बोलान्डले घातक बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित ७ रन दिएर ६ विकेट लिए ।त्यस्तै, कप्तान मिचेल स्टार्चले तीन र क्यामरोन ग्रीनले एक विकेट हात पारे ।

मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले पहिलो पारीमा सबै विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

उसका लागि कप्तान जो रूटले अर्धशतकीय पारी खेले । ५० रन बनाएका उनले ८२ बलमा ४ चौका प्रहार गरे । जोनी बेरिस्टोले ३५ र बेन स्टोक्सले २५ रनको योगदान दिए ।

बलिङमा अस्ट्रेलियन कप्तान प्याट कमिन्स र नाथन लियोनले तीनतीन, मिचेल स्टार्कले दुई तथा स्कट बोल्याण्ड र क्यामरोन ग्रीनले एक/एक विकेट लिए ।



पहिलो पारीमा सबै विकेट गुमाउँदै २६७ रन बनाएपछि अस्ट्रेलियाले ८२ रनको अग्रता लिएको थियो । उसका लागि मार्कुस ह्यारिसले सर्वाधिक ७६ रनको योगदान दिए । १८९ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे ।

डेविड वार्नरले ३८ र ट्रभिस हेडले २७ रन जोड्दा मिचेल स्टार्क २४ रनमा अविजित रहे । बलिङमा जेम्स एण्डरसनले चार, ओली रोविन्सन र मार्क उडले दुई/दुई तथा बेन स्टोक्स र ज्याक लीचले एक/एक विकेट हात पारे । अस्ट्रेलिया र इंग्ल्याण्डबीचको चौथो टेस्ट ५ जनवरीबाट सुरु हुनेछ । 



  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार ९:१७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया